Logo
Logo

काठमाण्डु गोर्खाजलाई तेस्रो जित, चितवन राइनोज ८९ रनमै अलआउट


315
Shares

काठमाडौं । काठमाण्डु गोर्खाजले सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ । पाँच खेल खेलिसकेको काठमाण्डु तेस्रो जितपछि ६ अङ्क जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अङ्क भए पनि रनरेटमा काठमाण्डु पछि छ ।

The current image has no alternative text. The file name is: kathamandu-1.jpg

काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो । चितवनका लागि देव खनाल र रबी बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन  बनाउन सकेनन् । 

काठमाण्डुका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुई/दुई विकेट लिए ।

आजको खेलमा दुई विकेट लिएका करण र मिलिन्दको विकेट सङ्ख्या ९ पुगेको छ । यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । काठमाण्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७औँ ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।

१५ ओभरमा १०९/३ को अवस्थामा रहेको काठमाण्डुले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमाण्डु अलआउट भएको थियो ।

चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुई/दुई तथा रवि बोपाराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्