Logo
Logo

कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य


189
Shares

काठमाडौं । ओपनर प्रियांक आर्याको अर्धशतकको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । ब्याटिङमा निकै कठिन देखिएको पिचमा कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको हो ।  

The current image has no alternative text. The file name is: karnali-1.jpg

जसका लागि प्रियांक आर्याले ४७ बलमा ६३ रन जोड्दा उनले विलियम बसिस्टोसँग ९६ रनको साझेदारी गरे। बसिस्टोले ४८ रन बनाए। अन्तिममा गुलशन झाले १० बलमा २० रन र नजिबुल्लाह जदरानले ६ बलमा १२ रनको योगदान दिए ।  

प्रतिक्रिया दिनुहोस्