Logo
Logo

एकैदिन नेपालमा कोरोनाबाट १९ जनाको मृत्यु, २४ सय संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असोज ।
नेपालमा एकैदिन कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कुल मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।


त्यस्तै संक्रमितको संख्या पनि बढीरहेको छ । सोमबार २४४० जना संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । सोमबार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा ६५ हजार २ सय २ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्