Logo
Logo

बलेविरुद्ध १९ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असोज ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जुवा खालबाट पक्राउ परेका बलराम सापकोटा बलेविरुद्ध मुद्दा दायर गरेको छ ।
१९ करोड ५५ लाख बराबरको सम्पत्ति अवैध भएको दाबीसहति मुद्दा दायर भएको हो ।

काभ्रेको रोसी–४ घर भएका उनले जुवाबाटै पैसा कमाएको विभागको दाबी छ । विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुबाट बिगो, र बिगो बराबरकै जरिवाना असुल्न माग दाबी गरिएको छ ।

सापकोटाको नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न मागदाबी गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ ।
त्यसैगरी पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको भेटाटिएको छ । ती सबै सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विभागले जफतको लागि माग दाबी पेस गरेको छ। जुवामा पक्राउ परेका अन्यविरुद्ध समेत मुद्दा दायरको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्