काठमाडौँ । छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकमा वृद्धिदर ५.६ प्रतिशत थियो ।

यस आर्थिक वर्षको अघिल्लो त्रैमासिकमा भारतको वृद्धिदर ७.८ प्रतिशत थियो । भारत सरकारको तथ्याङ्क तथा योजना कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार यस त्रैमासिकमा न्युनतम जीडीपी ८.७ प्रतिशत थियो ।
प्रतिवेदनमा यस जीडीपी वृद्धिमा उत्पादन र सेवा क्षेत्रले प्रमुख भूमिका खेलेको छ । यस त्रैमासिकमा माध्यमिक क्षेत्र भित्रको उत्पादनले ९.१ प्रतिशत वृद्धि रेकर्ड गरेको छ भने सेवा क्षेत्रमा ९.२ प्रतिशत वृद्धि देखिएको छ ।











