Logo
Logo

कर्णालीले काठमाण्डुविरुद्ध पहिले ब्याटिङ गर्ने


189
Shares

काठमाडौं । सिद्धार्थ बै‌क नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: ktm-karnali.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । कर्णालीले काठमाण्डुविरुद्ध अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ । 

काठमाण्डुले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा आएका छन् । 

काठमाण्डु गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरासमस र जोहन सिम्पसन।

कर्णाली याक्सको टोली : सोमपाल कामी (कप्तान), पवन सर्राफ, दीपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल ।

प्रतिक्रिया दिनुहोस्