Logo
Logo

लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा


882
Shares

काठमाडौँ । लुम्बिनी लायन्सका खेलाडी निरोशन दिकवेल्ला कारबाहीमा परेका छन् ।

The current image has no alternative text. The file name is: nirosan.jpg

नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो । उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट एलबिडब्ल्युको निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ । अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले अम्पायरलाई आफ्नो पञ्जा देखाएका थिए ।

डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्