Logo
Logo

काठमाण्डुलाई जितका लागि कर्णालीले दियो १५० रनको लक्ष्य


252
Shares

काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि काठमाण्डु गोर्खाजसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

The current image has no alternative text. The file name is: karnali-2.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो। कर्णालीका लागि गुल्सन झा ले २२ बलमा ६ चौका ३ छक्का सहयोगमा ४९ रनमा अविजित रहे । नन्दन यादव १ रनमा अविजित रहे ।

२९ बलमा २ चौका र २ छक्का प्रहार हान्दै पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लु धरापमा परे । २७ बलमा १ चौका र २ छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे । अर्का ओपनर प्रियाङक पञ्चाल रोयल डकआउट हुन पुगे । 

विलियम बसिस्टो १ रनमा नै रन आउट भए । नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रासिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट नै भए। 

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एण्ड बोल्ट हुन पुगे । दिपक डुम्रे १० रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए । काठमाण्डुका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया दिनुहोस्