Logo
Logo

एसीसी पुरुष यु-१९: नेपाल यूएईसँग २७ रनले पराजित, उपविजेतामा सीमित 


630
Shares

काठमाडौं । एसीसी पुरुष यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित हुँदै उपविजेतामा सीमित भएको छ ।

The current image has no alternative text. The file name is: cricket.jpg

संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले १४८ रनको लक्ष्य पाएको थियो । नेपालले ३३.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै जम्मा १२० रनमात्रै  जोडेको हो । 

नेपालका लागि अशोक धामीले सर्वाधिक ३४ रनको योगदान गरे । आशिष लुहारले २५ र रोशन विश्वकर्माले २५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले  दोहोरो अङ्क जोड्न सकेनन् । 

यूएईका लागि युग जय शर्मा, अली असगर शुम्सले तीन-तीन विकेट लिए भने नूर उल्लाह अयोबीले दुई र उद्दिश सुरीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्