Logo
Logo

एनपीएल खेल्न नेपाल आइपुगे फाफ डुप्लेसीस


567
Shares

काठमाडौं । दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो संस्करणमा सहभागी हुन नेपाल आएका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए ।

The current image has no alternative text. The file name is: biratnger.jpg

डुप्लेसिसलाई विराटनगर किङ्सले अनुवन्धित गरेको छ । उनले विराटनगरका बाँकी म्याचहरू खेल्नेछन् । डुप्लेसिसलाई बिमानस्थलमा क्यानका पदाधिकारी र विराटनगर किङ्सका व्यक्तिहरूले स्वागत गरेका हुन्  उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।

४१ वर्षिय फाफ यो सिजनको एनपीएलमा सहभागी सर्वाधिक हाइप्रोफाइल खेलाडी हुन् । उनी दक्षिण अफ्रिकाका सफल क्रिकेटरको सूचीमा पर्छन् । फाफले दक्षिण अफ्रिकाका राष्ट्रिय टिमबाट ६९ टेस्ट, १४३ ओडीआइ र ५० टी-२० खेलेका छन् ।

उनले दुईपटक टी-२० विश्व्कपमा दक्षिण अफ्रिकाका प्रतिनिधित्व गरे । पछिल्लोपटक उनले २०२० मा टी-२० आइ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्