
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन सोमबार १४ सय रुपैयाँले बढेको सुन आज ३ सयले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५३ हजार ३०० कायम भएको छ । यसअघि सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ६०० पुगेको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३ हजार ५३५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











