Logo
Logo

कुशल मल्लको छक्काबाट चेयर लिडर घाइते


504
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको छक्काले लागेर चेयर लिडर घाइते भएकी छिन् ।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चेयर लिडरको नाकमा बलले लागेर घाइते भएकी हुन् । मल्लले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गरेको बल उनको नाकमा लागेको थियो ।

बलले लागेपछि चेयर लिडरको नाकबाट रगत समेत बगेको थियो । घाइते चेयर लिडरको मैदानमै प्राथमिक उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्