Logo
Logo

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने निर्णय दुई तिहाईले पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असोज ।
प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरीलाई बनाउने निर्णय प्रेदशसभाले पारित गरेको छ । प्रदेशसभामा मंगलबार दुई तिहाईले यससम्बन्धि प्रस्ताव पारित गरेको हो ।


प्रस्तावको पक्षमा ६९ तथा विपक्षमा १३ मत परेको छ । नेपाली कांग्रेसका केही सांसदहरुले विपक्षमा मतदात गरेका छन् ।

त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय पनि प्रदेशसभाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्