काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले लागेर शर्मिला विक घाइते भएकी हुन् । उनी रगताम्मे भएकी थिइन् ।
विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।











