Logo
Logo

नेपालमा ९० हजार पुगे कोरोना संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असोज
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार पुगेको छ । मंगलबार १५५१ जना संक्रमित थपिएका छन् । त्यससँगै कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।


मंगलबार २३४० जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ । नेपालमा डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । मृत्यु हुनेको संख्या पाँच सय ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्