Logo
Logo

इन्सपेक्टरसहित तीन प्रहरी जेल चलान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असोज ।
अपराधमा संलग्न भएका नेपाल प्रहरीका इन्सपेक्टरसहित तीन प्रहरी जेल चलान भएका छन् । लागु औषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।


लकडाउनको बेला आफ्नै गाडीमा लागु औषध तस्करी गर्ने इन्सपेक्टर रुद्र बहादुर शाहीलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो । उनी गत ११ असारमा पक्राउ परेका थिए । उनीसहित पक्राउ परेका सन्तोष कुमार शाह, भुपेन शेरचन, एलिसन बस्नेत अभिनास थपलियालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनीहरुबाट डालेक्सद्द–डिसी, नाइट्रोभेट लगायत लागु औषध बरामद भएको थियो । लकडाउनको बेला इन्सपेक्टर शाही आफैं तराई गएर सो लागु औषध ओसारेको अनुसन्धानमा खुलेको थियो ।
त्यस्तै, सुनको अवैध कारोबार गर्ने गिरोहसँग मिलेको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई प्रहरी पनि जेल चलान भएका छन् । प्रसन्न श्रेष्ठ र बहादुरसिंह कडायत जेल चलान भएका हुन् । उनीहरुसमित ९ जनालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो ।
चाँदीमा सुनको लेप लगाएर बेच्न खोज्ने गिरोहलाई जवानद्वयले सघाएका थिए । नक्कली सुनको कारोबार गर्ने इल्ताफ हुसेन लगायत उनका सहयोगी जेल चलान भएका हुन् । दुई जना भने धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्