काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस जितेका लुम्बिनी कप्तान रोहितकुमार पौडेलले यो निर्णय लिएका हुन् ।

विराटनगरले ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफ नजिक पुगेको छ। आजको खेल जितेमा टोलीको प्लेअफ पक्का हुनेछ।
विराटनगरको टोलीमा स्टार ब्याटर फाफ डु प्लेसी पनि समावेश छन् र आजको खेलमै उनी मैदानमा रहने सम्भावना उच्च छ। यसले विराटनगरको टप अर्डर अझ बलियो बनाउनेछ।
लुम्बिनी ५ खेलमा २ जितसहित ४ अंकमा छ। बाँकी दुई खेल जित्नुपर्ने दबाबमा रहेको लुम्बिनी आज पराजित भए प्लेअफमा पुग्ने सम्भावना निकै कम हुने छ।











