Logo
Logo

धोबीखोलामा स्थानीयले राख्न थाले रेलिङ


252
Shares

काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुनथालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन् । 

The current image has no alternative text. The file name is: reling.jpg

धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक बारम्बार दुर्घटना भएको र अहिलेसम्म दुई जनाको मृत्यु समेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन् । 

पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयको भनाई छ  । बारम्बार दुर्घटना हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरू मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताए । 

बिहीबार बिहान रुद्रमति पुलनजिक धोबीखोला करिडोर एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए । उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ । यसअघि कार, ट्याक्सी, मोटसाइकल, पैदल यात्रु समेत खोलामा खसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्