Logo
Logo

नेशनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न


189
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा नेपालगञ्जको होटल सोल्टी वेस्टेण्डमा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ता र सुदूरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्वीप प्रज्वलन गरी शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने ती प्रदेशहरुबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी खत्रीले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको थियो । समारोहमा सिईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

सोही क्रममा दोस्रो कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबाट छनोट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने सिइओ खत्री जानकारी गराउनुभयो । उहाँले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरु छनोट हुन सफल भएकामा यो योजना अत्यन्तै सफल भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई चर्चित अन्तरराष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गर्नुभएको थियो । तालिमको क्रममा उहाँले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरैभन्दा धेरै व्यक्तिहरुसँग सम्पर्क बढाइ बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र सीप चाहिने बताउनुभयो ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लान उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहेनतको कदर भएको सहभागी अभिकर्ताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्