Logo
Logo

एनपीएलमा आज सुदूरपश्चिमसँग विराटनगर तथा चितवन र पोखरा भिड्दै


441
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान सवा ११ बजेदेखि खेल हुदैछ । सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन् ।

दूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ । आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।  

त्यस्तै आज दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउसो ४ बजेदेखि खेल हुने छ । चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन ।

प्रतिक्रिया दिनुहोस्