काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २७ औँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको हो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । उनले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
पहिलो विकेट अर्जुन साउद बोल्ड भएपछि १ रन पनि नजोड्दै २ विकेट गुमाएको हो । अर्जुन साउद १ रनमा बोल्ड भए । दोस्रो विकेट डेविड मलानको गयो । उनले ५ रन बनाए । तेस्रो विकेट रवि बोपारा १ रनमा क्याच भए । सैफ जैबले १७ रन बनाए ।
कुशल मल्ल २३ रनमा क्याच भए । उनले अल्पेश रमजानीसँग छैटौँ विकेटको लागि ३९ रनको साझेदारी गरे । अल्पेश रमजानी ३३ र कमल सिंह ऐरी २ रनमा अविजित रहे ।
पोखरा एभेन्जर्सका लागि धनन्जय लक्सनले ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले १-१ विकेट लिए । यी दुवै टिमको यो अन्तिम लिग खेल हो । दुवै टिम प्लेअफबाट बाहिरिएका छन् ।











