Logo
Logo

समूह चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै


441
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तर्गत आज समूह चरणको अन्तिम खेल हुँदैछ।

खेलमा समूह चरणबाट नै बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्दा हुँदैछ ।

समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन् ।

प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा भइसकेको छ । सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन् ।

मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन् । उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्