Logo
Logo

अङ्शु हत्या प्रकरणमा छिमेकी पक्राउ


1.5k
Shares

काठमाडौं । मोरङ, लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ परेका छन् । लामो समयसम्म घटनाका दोषी पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भइरहेको बेला गौतमको हत्या आरोपमा छिमेकी पदम अधिकारी पक्राउ परेका हुन् ।

५६ वर्षीय अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको बेलबारी चिसाङ सामुदायिक वनमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको थियो ।

पदमले उनको हत्या गर्नुपर्ने कारण तथा कसरी हत्या गरियो भनेर प्रहरीले केही खुलाएको छैन । यद्यपी अभिभावकसँगको पुरानो रिसइबीका कारण नियोजित हिसाबले अंशुको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्