काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।
कर्णालीका लागि यस सिजन पहिलो खेल खेल्ने ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै, गुल्सन झाले २० बलमा १९ रन जोडेका छन् भने कप्तान सोमपालले १० बल खेल्दै १ चौका र १ छक्का सहित १८ रन बनाएका छन् । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन योगदान दिएका छन् ।











