Logo
Logo

लो स्कोरिङ थ्रिलरमा कर्णालीले जनकपुरलाई ३ रनले हरायो


378
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ ।

The current image has no alternative text. The file name is: janakpur.jpg

कर्णालीले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । ओपनर इमरान शेखले सर्वाधिक ३३ रन जोडे । लक्ष्य पछ्याएको जनकपुर ७ विकेट गुमाएर १२६ रनमा रोकियो। कृष्णमुर्तीले ५१ र संगीथ कुरेले २५ रन बनाए पनि पर्याप्त भएन ।

यस जितसँगै कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रह्यो, जबकि जनकपुर ७ खेलमा २ अंकसहित पुछारमा रह्यो। बलिङमा सोमपाल कामीको निर्णायक विकेटले खेल रोमाञ्चक बनायो ।

प्रतिक्रिया दिनुहोस्