काठमाडौँ । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तारी नगरे देशभर विरोध प्रदर्शन सुरु गर्ने चेतावनी दिएका छन्।

आइतबार फेसबुकमार्फत स्टाटस पोस्ट गर्दै गुरुङले भदौ २३ काे जेनजी आन्दोलनसम्बन्धी घटनाप्रति सरकारको ढिलासुस्ती लक्षित गर्दै चेतावनी दिएका हुन्।
गुरुङले स्टाटसमा लेखेका छन् “अब हामी गृहमन्त्रीमा हिम्मत छ कि छैन भनेर हेर्दै छौँ। उनले जति पटक ‘छानबिन आयोगको लागि पर्खनुहोस्’ भने अब समय आइसकेको छ। यदि अब पनि बोली अनुसार कदम चालिएन भने देशभर विरोध प्रदर्शन हुनेछ, र त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनुपर्छ।”












