Logo
Logo

एनपीएल : आज विश्राम, भोलि पहिलो क्वालिफायर


504
Shares

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल राखिएको छैन । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिमले लिग चरणको सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको छ । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्