Logo
Logo

आज पत्रकार सम्मेलन गर्दै ईश्वर पोखरेल समूह


945
Shares

काठमाडौं । नेकपा एमालेको ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले आज बागबजारको हार्दिक होटलमा बिहान ११ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

उक्त सम्मेलनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुने बताइएको छ ।

यसअघि एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली निकटका एमाले पदाधिकारीहरूलाई बोलाएर ओलीको पक्षमा खुल्न लगाइएको थियो । पोखरेललाई पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहको साथ छ ।

नयाँ नेतृत्व चयनका लागि एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यहि मङ्सिर २७ देखि २९ गतेसम्म काडमाढौंमा हुँदैछ । जसमा ओली र पोखरेलबीच कडा प्रिितस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्