Logo
Logo

यस्तो छ नेकपाको सन्देश सभाप्रति प्रदीप ज्ञवालीको ७ बुँदे टिप्पणी


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा गरिरहेको एकता सन्देश सभापति टिप्पणी गरेका छन् ।

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत दुई दशकसम्म माक्र्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको माओवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइएको लगायत सात बुँदे टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘पार्टी पहिचानको रूपमा रहेको माओवादी ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु प¥यो कुनै स्पष्टीकरण छैन ।’

‘जनयुद्ध’का नाममा भएको त्यो भयानक क्षति र त्यसको बिरासत किन अलपत्र पर्यो भनेर पनि जबाफ नदिइएको उनको टिप्पणी छ ।

जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौं महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरू आज के भए ? तत्कालीन प्रस्तोताको तर्फबाट कुनै तर्कसंगत जवाफ छैन भन्दै उनले नेपाली कम्युनिस्ट पार्टीको तेस्रो वरीयताका नेता झलनाथ खनाललाई पनि प्रश्न उठाएका छन् ।

राजेन्द्र श्रेष्ठलाई नयाँ पण्डितको संज्ञा दिँदै उनले अहिले सन्देश सभाको ब्यानरमा प्रदेशहरूमा गाली पुराण चलेको उल्लेख गरेका छन् ।

‘नेपाली कम्युनिष्ट पार्टी’ को ‘एकता सन्देश सभा’:

– दुई दशकसम्म ‘मार्क्सवादको विकासको तेस्रो आयाम’ भनेर दाबी गरिएको ‘माओवाद’ लाई मार्गदर्शक सिद्धान्तबाट र पार्टी पहिचानको रुपमा रहेको ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु पर् यो ? कुनै स्पष्टीकरण छैन ।

– ‘जनयुद्ध’ का नाममा भएको त्यो भयानक क्षति र त्यसको बिरासत किन अलपत्र पर् यो ? कुनै जवाफ छैन ।

– जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरु आज के भए ? तत्कालीन प्रस्तोताको तर्फबाट कुनै तर्कसङ्गत जवाफ छैन ।

– अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा छैन ।

–एमसिसी लगायत विभिन्न विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने साथीहरु र त्यसलाई पारित गराउन निर्णायक भूमिका खेल्नुहुने मध्ये को कसको अजेण्डामा ‘विलय’ भएको हो ? कुनै प्रत्युत्तर छैन ।

– गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन ( प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुणदोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजका समग्र सङ्कटको जवाफदेही चैँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? कुनै तर्कसङ्गत अभिव्यक्ति छैन ।

– हुँदाहुँदा प्रदेशहरुमा चलेका ‘गाली पुराण‘ मा नयाँ पण्डित थपिनु भएछ, राजेन्द्र श्रेष्ठ । भन्न भ्याउनु भएछ– एमालेको सदस्यता ८ लाखबाट घटेर ३ लाखमा झरेको छ । मानौँ उहाँ केही दिन अगाडिसम्म एमालेको सङ्गठन विभागमा डेटा इन्ट्री गर्ने ‘कम्प्युटर अपरेटर’ हुनुहुन्थ्यो ।

साथीहरु, अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै त्यसको छेउँमा लामो धर्को ताने भइहाल्छ । एमालेभन्दा राम्रो, ठुलो र उम्दा पार्टी बनाए भइगयो त ।

स्रोतासमेत दिक्क हुने गरी कति गाली सप्ताह लगाउनु हुन्छ ?

प्रतिक्रिया दिनुहोस्