
काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि बागचौर पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।











