
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दुर्गा प्रसाईको आग्रह अनुसार आज दिउँसो तीन बजेको समय उपलब्ध गराइएको जानकारी दिए ।
यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए । आज प्रधानमन्त्री स्वयमलाई भेटेर उक्त माग राख्ने प्रसाईको तयारी छ ।











