
काठमाडौं । भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परि चार नेपाली नागरिकको मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा परेर २५ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली रहेको पाइएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु भएका नाइट क्लबकै २० स्टाफमध्ये नेपालका ४, उत्तराखण्डका पाँच, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जना रहेका छन् ।
जसमा क्लबमा काम गर्दै आएका नेपाली नागरिक चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीपको मृत्यु भएको हो । मृतक चार नेपाली नागरिकको ठेगाना भने खुलाइएको छैन ।
मृत्यु हुने ५ पर्यटकमध्ये ४ जना दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमार थिए भने अर्का एक कर्नाटकका इशाक रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।











