
काठमाडौं । काठमाडौंमा इजरायली नागरिकमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङ छन् ।
उनीहरूले १५ मंसिरको राति १० बजेतिर कालधारास्थित सडकमा हिँड्दै गरेका इजरायली नागरिक अर्मोजा अल्मोगलाई लछारपछार पार्दै हातपात गरेको आरोपमा आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।











