Logo
Logo

सिस्टम बसाउन ईश्वरलाई अघि सारेका हौँ: युवराज ज्ञवाली


567
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेमा सिस्टम बसाउन ११ औँ महाधिवेशनमा नेता ईश्वर पोखरेलाई अध्यक्षका लागि अघि सारेको बताएका छन् । सोमबार ईश्वर पोखरेल समूहले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू नभएकाले नयाँ नेतृत्वमा जान चाहेको बताए ।

The current image has no alternative text. The file name is: ubraj.jpg

सामूहिक नेतृत्व नै लोकतन्त्रको उन्नत लोकतन्त्रको महत्त्वपूर्ण विशेषता रहेको बताउँदै ज्ञवालीले भने, ‘सामूहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ, बलियो, टिकाउ र सफल हुन सक्दैन ।’ज्ञवालीले सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न नयाँ नेतृत्वमा जान चाहेको बताए । उनले नीति प्रधान कि नेता प्रधान भनेर गम्भीर प्रश्न उठेको भन्दै एमालेमा नेता प्रधान भन्ने स्थापित गर्न खोजिएकाले त्यसमा आफूहरूको असहमति रहेको बताए ।

‘नीतिका आधारमा देश, पार्टी चल्नुपर्छ भन्ने मान्यतालाई पुनर्स्थापित गर्न चाहन्छौँ, त्यसकारण हामी हाम्रो नेता फेर्न चाहन्छौँ ।’  उनले आलोचना विनाको डेमोक्रेसी नहुने पनि बताए । 

‘आलोचना विनाको कम्युनिस्ट पार्टी हुँदैन, डेमोक्रेसी हुँदैन । जतिसुकै राम्रो काम गर्दा पनि त्रुटि हुन सक्छन् तर आत्मसमीक्षा गर्नुपर्छ । तर हाम्रो पार्टीमा गल्ती भएको छैन राम्रो मात्र भएको छ भनिएको छ यो करेक्सन हुनुपर्छ ।’ 

अध्यक्ष ओलीका पालामा राम्रा र नराम्रा दुवै काम भए पनि नराम्रा कामको आत्मसमिक्षा गर्न नसकिएको ज्ञवालीको भनाइ छ । उनले भदौ २३ गते जेनजीले उठाएका भ्रष्टाचार विरोधी माग जायज भएको भन्दै ती मागको समर्थन गर्नुपर्ने बताए । तर २४ गते जनेजीका नाममा भएको विध्वंसलाई स्वीकार गर्न नसकिने ज्ञवालीको भनाइ छ । उक्त क्षति आफ्नो पार्टीको नेतृत्वको सरकारका पालामा भए पनि त्यसको कारण खोज्न नलागेकोमा असन्तुष्टि पोख्दै नेतृत्वले विदेशी षडयन्त्र भनेर टारेको बताए । 

प्रतिक्रिया दिनुहोस्