Logo
Logo

ओली– प्रचण्ड दुई घन्टा लामो छलफल, मन्त्री चयनदेखि सांगठानिक एकिकरणसम्म छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असोज ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब साढे दुई घण्टा लामो छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको छलफलमा पार्टीको सांगठनिक एकिकरणका बाँकीमा केन्द्रित रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। स्रोतका अनुसार रिक्त रहेका तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्तिबारे पनि छलफल भएको छ ।


प्रेससंयोजक सापकोटाका अनुसार छलफल सकारात्मक भएको र अध्यक्षद्वयबीच समझदारी बन्ने वित्तिकै केन्द्रिय सचिवालय बैठक बस्ने छ।

नेकपा सचिवालय स्रोतले दिएको जानकारी अनुसार अब बस्ने केन्द्रिय सचिवालयको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, रिक्त रहेका पदमा राजनीतिक तथा संवैधानिक नियुक्ति, पार्टीको केन्द्रिय संगठन विभागको कार्ययोजनालगायतका एजेन्डा रहने छन् ।

गते २० असोजमा बसेको सचिवालयको बैठक अनशनरत डा. गोविन्द केसीको विषयमा केन्द्रित भएकोले प्रस्तावित एजेन्डामा कुनै पनि छलफल भएन । प्रस्तावित एजेन्डामा छलफल गर्न दुई अध्यक्षले निरन्तर भेटघाट गरिरहेका छन् । तर, सहमति हुन सकेको छैन । जसकारण मन्त्रिपरिषद् पुर्नगठन, अख्तियार लगायतका निकायमा नियुक्ति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्