Logo
Logo

मंसिर २६ गतेसम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने


630
Shares

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेको त्रुटि मंसिर २६ गतेसम्म सच्याउन सकिने भन्दै समयमै निवेदन दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

सोमबार जारी विज्ञप्तिमा आयोगले अनलाइन प्रणालीमार्फत नामावलीसम्बन्धी त्रुटि सच्याउने, सूचना तथा उजुरी दिन सकिने व्यवस्था रहेको बताउँदै सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।

यस्तै केही मतदानस्थल पुनरावलोकन गरिएको भन्दै आयोगले मतदाताले आफू कुन मतदानस्थलमा पर्ने हो भन्ने यकिन गरी वडाभित्रका सुविधाजनक मतदानस्थल छनोट गर्न अनलाइन प्रणाली वा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्