Logo
Logo

ईश्वरको अवधारणापत्रः चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी पुनर्गठन गरौँ


567
Shares

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनपछिको नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

नेता पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गर्ने अवधारणा पत्रमा यस्तो प्रस्ताव गरेका हुन् । सोमबार वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी कार्यालय च्यासलमा पुगेर महासचिव शंकर पोखरेलमार्फत उक्त ४० बुँदे अवधारणापत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

‘हाम्रो पार्टी नेकपा ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशनबाट हामीले विधान महाधिवेशनपश्चात् देशमा उत्पन्न असाधारण परिस्थितिको बस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न जरुरी छ’, पोखरेलले भनेका छन् ।

साथै नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न, सही तरिकाले राष्ट्रिय एकताको अगुवाइ गर्ने नेतृत्व निर्माण गर्न आँट गर्नुपर्नेमा जोड दिएका छन् ।

‘पार्टीले ‘जनताको बहुदलीय जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै आएको त छ, तर वर्तमान विकसित परिस्थितिमा ‘जबज’लाई बुझ्ने सवालमा एमालेभित्र एकरूपताको खाँचो पनि देखापर्दै गएको छ’, पोखरेलको अवधारणापत्रमा भनिएको छ, ‘जस्तोसुकै कार्य परिस्थितिमा पनि सबैले ‘जबज’को अर्थ र मर्मलाई एकै किसिमले बुझ्नै पर्दछ । ‘जबज’लाई यसको सार र गतिमा बुझेर मात्र बुझाइमा एकरूपता ल्याउन सकिन्छ ।’

उनले आजका कार्यभारहरूलाई निर्देशित गरिरहेको सिद्धान्त मार्क्सवाद लेनिनवाद भएको र मार्क्सवाद लेनिनवादलाई नेपाली विशिष्टतामा प्रयोग गर्दै मदन भण्डारीले अगाडि बढाएको जबजको सिद्धान्तका आधारमा पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादका आधार तयार पार्ने चरणमा रहेको स्मरण गराएका छन् ।

त्यसैगरी दोस्रो विधान महाधिवेशनले पार्टी विधानमै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रावधान राखेपनि त्यस्तो समाजवाद कसरी निर्माण गरिनेछ भन्ने प्रष्ट खाका तयार भइनसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्