Logo
Logo

कुलेश्वरबाट साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । 

The current image has no alternative text. The file name is: hundi.jpg

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार हुन्डी मार्फत रकम कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका ९ घर भइ हाल कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । 

चेकजाँच गर्ने क्रममा उनको साथ र कोठाबाट नेपाली नगद रुपैयाँ ५७ लाख ४७ हजार ३५० रुपैयाँ बरामद भएको हो । श्रेष्ठलाई हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्