Logo
Logo

सरकारसमक्ष प्रसाईंले राखे आफ्ना माग, पुस २ गते दोस्रो चरणको वार्ता गर्ने


630
Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंसँग सरकारले सोमबार सिंहदरबारमा वार्ता गरेको छ ।

The current image has no alternative text. The file name is: durga-3.jpg

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च अधिकारीहरू प्रसाईं समूहसँगको छलफलमा सहभागी भएका थिए ।

प्रधानमन्त्री कार्कीको निर्देशनअनुसार समसामयिक राजनीतिक तथा सामाजिक मुद्दामा संवादका लागि प्रसाईंलाई आज वार्तामा बोलाइएको थियो । प्रसाईं समूहले मंसिर ६ देखि उठाउँदै आएका मागहरूको तत्कालीन कार्यान्वयन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

वार्तामा सहजीकरण गरिरहेका अधिवक्ता विनोदमणि भट्टराई र लवन न्यौपानेका अनुसार, प्रसाईंले आफ्ना मागहरू बुँदागतरूपमा प्रस्तुत गरेपछि विस्तृत छलफल भएको हो । प्रधानमन्त्रीले सोही बुँदाहरूमा प्रतिउत्तर दिएकी थिइन् ।

दुवै पक्षबीच पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति बनेको छ। सो क्रममा प्रसाईंले सरकार आफ्ना माग पूरा गर्न तयार भए आफू सरकारका पक्षमा खुलेर उभिन तयार रहेको बताएका थिए ।

सरकारले भने प्रसाईंको मागहरू गम्भीर भएकाले त्यसको अध्ययन तथा आन्तरिक तयारीका लागि केही समय आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्