Logo
Logo

पहिलोपटक एकैदिन १८ हजारको परीक्षण, ४३६४ संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असोज ।
पछिल्लो २४ घन्टामा नेपालमा चार हजार तीन सय ६४ जना संक्रमित थपिएका छन् । १८४७३ जनामा परीक्षण गर्दा ४३६४ मा संक्रमण पुष्टि भएको हो । नेपालमा पहिलोपटक एकैदिन १८ हजारको परीक्षण भएको हो साथै संक्रमितको संख्या पनि नयाँ रेकर्ड कायम भएको छ ।


नेपालमा कुल संक्रमितको संख्या ९८६१७ पुगेको छ । ७१३४३ निको भएका छन् भने २६६८४ उपचाररत छन् । ५ सय ९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्