काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस निर्णय गरेको हो ।
साथै, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम पनि उपलब्ध गराइने भएको छ।











