
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्त्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।
सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।











