Logo
Logo

उखुको मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँ घट्यो


567
Shares

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।

अघिल्लो बर्ष प्रतिक्विन्टल ६५५ रुपैयाँ निर्धारण गरेको सरकारले यसबर्ष ३५ रुपैयाँ घटाएको हो । सरकारले उखुको समर्थन मुल्य २०८०–८१ मा ६३५, २०७९–८० मा ६१०, २०७८–७९ मा ५९० तोकेको थियो ।

कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्