Logo
Logo

एमाले महाधिवेशन : आज शाक्य र भट्टको छुट्टाछुट्टै कार्यक्रम


3.7k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै नेताहरु भेला, छलफल, अन्तरसम्वाद केन्द्रीत भएका छन् ।
आज काठमाडौँमा महाधिवेशन केन्द्रित दुई वटा कार्यक्रम हुँदैछ । प्रेस चौतारी नेपालमा सचिव लेखराज भट्टसँग संवाद हुँदैछ । कार्यक्रम दिउँसो २ बजे राखिएको छ ।

यस्तै, ईश्वर पोखरेल पक्षमा खुलेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरुको अन्तरसम्वाद होटल हार्दिकमा दिउँसो १ बजे राखिएको छ ।

रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृतहरुले पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्न लागेका हुन् ।
एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौँमा ११ औं महाधिवेशन हुँदैछ ।

उक्त महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर आगामी नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका छन् । सोही क्रममा नेताहरूले आ–आफ्ना धारणा सार्वजनिक गर्ने क्रम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्