Logo
Logo

आईपीएल : अक्सनमा सहभागी हुने ३५० खेलाडीको सूची सार्वजनिक


630
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलाडीको अक्सन सूची भएको छ । मंगलबार सार्वजनिक गरिएको सूचीमा कुल ३५० खेलाडीको नाम छ । यी खेलाडीहरूका लागि बोली यही डिसेम्बर १६ मा यूएईको अबुधाबीमा लगाइने छ ।

अक्सन भारतीय समयअनुसार डिसेम्बर १६ दिउँसो २ः३० बजे सुरु हुनेछ । आईपीएलको आधिकारिक वेबसाइटका अनुसार, अक्सनका लागि कुल १ हजार ३९० खेलाडीले नाम दर्ता गराएका थिए, जसमध्ये ३५० खेलाडी छनोट भएका छन्। जसमा २४० भारतीय र ११० विदेशी खेलाडी छन्।

सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी छन्। डिसेम्बर १६ मा हुने अक्सनमा फ्रेन्चाइजीहरूले कुल ७७ उपलब्ध स्लटका लागि प्रतिस्पर्धा गर्नेछन्। यी स्लटमध्ये ३१ स्लट विदेशी खेलाडीहरूका लागि छुट्याइएका छन्।

प्रतिक्रिया दिनुहोस्