Logo
Logo

एमालेले महाधिवेशनमा क-कसलाई अतिथि बोलायो ?


3.5k
Shares

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन १६ दललाई निम्तो दिएको छ ।
एमालेको अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।

जसमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरिएको छ । रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।

यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरेको छ ।

जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई पनि पत्र पठाएर निम्तो गरिएको अतिथि सत्कार समितिकी सदस्य सुनिता बराले जानकारी दिइन् ।

यसैबीच एमालेको महेश बर्तौला लगायत प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका छन् । देउवाले सकेसम्म आउने वचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्