Logo
Logo

२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ: प्रचण्ड


126
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसका अवसरमा मङ्गलवार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो माग अघि सारेका हुन् । 

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

सन्देशमा उनले भनेका छन्, ‘हालसम्म चर्चामा आएका सबै ठूला काण्ड र २०४६ यता उच्च ओहोदामा पुगेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने माग मैले संसद्को रोष्ट्रमबाटै पटक-पटक राख्दै आएको छु । आज यो दिवसका अवसरमा पनि त्यही मागलाई थप बलियोसँग दोहोर्‍याउँछु ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदाको कार्यकालमा सुशासनलाई मुख्य नारा बनाएको र त्यसैका कारण दलाल, बिचौलिया तथा भ्रष्ट तत्त्वहरूको स्वार्थमा आघात पुगेकाले सरकार ढालेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘त्यो छोटो अवधिमा पनि सुशासनका धेरै मानक स्थापित गरिए । बिना कुनै राजनीतिक आग्रह-पूर्वाग्रह भुटानी शरणार्थी प्रकरणलगायत ठूला-ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढाइयो ।’

भ्रष्टाचारविरुद्धको लडाइँ एकदिनको अभियान नभई निरन्तर सङ्घर्ष भएको उल्लेख गर्दै प्रचण्डले यो दिवसले सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति सबैलाई थप जिम्मेवार बनाउने तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्