Logo
Logo

नेपालमा सक्रिय राजतन्त्र सम्भव छैन: धवल शमशेर


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मङ्गलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताए ।

उनले यसबारे आफूहरूले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताए। नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भूमिकामा राजसंस्था रहने उनले बताए ।

उनले भने,‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’ उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्नेमा समेत जोड दिए । 

त्यस्तै, राणाले पार्टी चुनावमा नभई आन्दोलनमा जानुपर्ने बताए । उनले भने, ‘हामीले हाम्रो मूल्य र मान्यतालाई यथार्थमा परिणत गर्ने हो भनेर यो देशको उन्नति चाहने हो भने राजावादी, हिन्दुवादी समूह मिलेर हिमालदेखि तराईसम्म आन्दोलन गर्नुपर्छ । चुनाव होइन हामी आन्दोलनमा जानुपर्छ । चुनावमा आन्दोलनको रापतापपछि मात्रै जानुपर्छ ।’

उनले फागुन २१ गते हुने चुनावले कुनै तार्किक फरक नल्याउने समेत जिकिर गरे । उनले अहिलेको आवश्यकता राजसंस्थासहितको नवीन समझदारी भएको समेत बताए । 

प्रतिक्रिया दिनुहोस्