Logo
Logo

लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ: रविन्द्र मिश्र


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपा पूर्ण राजतन्त्रको पक्षमा उभिएको पार्टी होइन भन्ने प्रष्ट पारेका छन् ।

The current image has no alternative text. The file name is: rabindra-mishraA.jpg

मंगलबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सबैले एकताको प्रतीकका रूपमा स्वीकार गर्न सक्ने पृथ्वीनारायण शाहका वंशजलाई लोकतन्त्रको संरचनाभित्र सम्मानजनक स्थान दिनुपर्ने पार्टीको माग रहेको बताए ।

‘हामीले लोकतन्त्रभित्रै राजसंस्थालाई पनि ठाउँ दिनुपर्छ,’ मिश्रले भने, ‘आधुनिक शक्ति संरचनाको प्रतीकका रूपमा राजनीतिक दलहरूलाई पनि समेटिनुपर्छ । राजनीतिक दलहरूले हजारौँ गल्ती गरेका छन्, राष्ट्र र राज्यलाई नै नोक्सान हुने गरी गल्ती गरेका छन् ।’

उनका अनुसार राजनीति भन्दा माथि, सबै जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसले आस्था राख्न सक्ने एकमात्र संस्था राजसंस्था नै हो। त्यसैले पृथ्वीनारायण शाहका वंशजलाई एकताको प्रतीकका रूपमा पुनःस्थापित गर्नुपर्ने उनले दाबी गरे ।

‘राप्रपाले पूर्ण राजतन्त्र चाहेको होइन,’ उनले स्पष्ट पार्दै भने, ‘हामीले भनेको आधुनिक लोकतान्त्रिक फ्रेमवर्कभित्र राजसंस्थालाई उचित स्थान दिनुपर्छ भन्ने मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्