Logo
Logo

६ दिनको गिरावटपछि सामान्य अङ्कले बढ्यो नेप्से 


504
Shares

काठमाडौं । मङ्गलवार नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से,आज सामान्य अङ्क बढेर बन्द भएको हो । 

मङ्गलवार नेप्से परिसूचक ७.३९ अङ्क बढेर २६१४.०७ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.३० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अङ्क बढेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३१ स्टकको ६२ हजार ६६५ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँबराबरको ८७ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

मङ्गलवार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैङ्कको ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्